punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा सुत्केरी र शिशुको मृत्यु पनि स्थानीय आन्दोलित, शव उठेन, सडक अवरुद्ध गर्दा झडप

Chaupati
safha napa

कैलालीको अत्तरियामा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गदै स्थानीय र मृतकका आफन्तहरूले आन्दोलन गरेका हुन् ।
सडक अवरुद्ध गर्ने क्रममा स्थानीय र प्रहरीबिच झडप भएको छ । सडक अवरुद्ध गर्ने गरि स्थानीय आन्दोलनमा उत्रिएपछि केही बेर तनाव सृजना भएको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो भने स्थानीयले ढुंगा प्रहार गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले सडक अवरुद्ध गर्न थालेपछि सामान्य झडप भएको बताए ।

आइतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं। २ मा बस्ने २८ बर्सिया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानीयहरू आन्दोलित भएका थिए ।

मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनीहरूको शव हाल मालाखेती अस्पतालमै राखिएको छ ।
घटनाको छानबिन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । माग सम्बोधन नभएसम्म शव नउठाउने स्थानीयले बताएका छन् ।


२८ चैत २०७९, मंगलवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु