punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै बुंगल नगरपालिका

Chaupati
safha napa

बझाङको बुंगल नगरपालिकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ।

किशोरीलाई रजस्वला हुँदा पनि नियमित विद्यालय आउन प्रोत्साहित गर्नका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन लागेको हो। रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्याको समाधानका लागि सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइएको बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले बताए।

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३२ लाख ८८ हजार रुपैयाँ बजेट छुट्याएको र चैत्र ७ गते बोल पत्रसमेत आह्वान गरी सकेको नगर प्रमुख धामीको भनाइ छ। बोल पत्र आह्वान गरेपछि परेका आवेदनबाट छनोट भएका कम्पनीहरूले स्यानिटरी प्याड खरिद गरी नगरपालिकामा बुझाएपछि नगरपालिकाको शिक्षा शाखाबाट सबै विद्यालयहरूलाइ आवस्यकता अनुसार वितरण गरिने नगर प्रमुख धामीले बताए।

कक्षा ६ देखि माथिका सामुदायिक विद्यालयका छात्रालाई लक्षित गरी नगरपालिकाले यस्तो व्यवस्था मिलाएको भएपनि आवश्यकता अनुसार सबै विद्यालयमा अध्ययनरत रजस्वला हुने उमेरका किशोरीहरूका लागि सेनिटरी प्याड खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ।

नगरपालिका भित्रका सामुदायिक विध्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्राहरूको संख्या २ हजार ६ सय २७ जना रहेका छन्। आर्थिक अभावमा कतिपय छात्राहरूले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट संक्रमण हुन सक्ने भएकाले जनचेतना अभिवृद्धिका लागि पनि स्यानिटरी प्याड उपलब्ध गर्न लागेको नगरपालिकाका शिक्षा शाखा अधिकृत देवराज जोशीले बताए। छात्रा संख्याको आधारमा नगरपालिकाले स्यानिटरी प्याड खरिदका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडी बढाएको हो। स्यानिटरी प्याडको उपलब्धताले किशोरीहरू ढुक्कसँग विद्यालय आउने वातावरण बन्ने दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक हिक्मत ऐडीले बताए।


२५ चैत २०७९, शनिवार १५:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु