टीकापुरमा साहित्य महोत्सव भोली देखी सुरु हुँदै
कैलालीको टीकापुरमा भोली देखी टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ ।
टीकापुर साहित्य समाजले साहित्य महोत्सव आयोजना गर्न लागेको हो । भोली देखी सुरु हुने टीकापुर साहित्यिक महोत्सव २७ गते सम्म जारी रहने छ ।
महोत्सवमा प्रदान गरिने तीन वटा पुरस्कारको समेत बिहीबार घोषणा गरेको छ। टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहका अनुसार समाजले एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ थोमस वर्गिज र मेरी वर्गिजलाई दिने भएको छ ।
टीकापुर सहरका परिकल्पनाकार तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झनामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय ९हाल वीरेन्द्र विद्यामन्दिर मावि० स्थापना गरी शिक्षा दिए बापत दिइन लागेको हो।
यस्तै, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरीलाई प्रदान गरिने भएको छ।
२५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविका सर्वोत्कृष्ट नतिजा ल्याएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई प्रदान गर्ने निर्णय गरेको छ।
२४ चैत २०७९, शुक्रवार ०८:३९ बजे प्रकाशित































