punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोमा पुरिएर दुईको मृत्यु, एकै परिवारका पाँच जना बेपत्ता

Chaupati
safha napa

तनहुँ, असार २९ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका दुई जनाले ज्यान गुमाएका हुन् ।

म्याग्दे गाउँपालिका वडानम्बर ६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको हो । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, व्यास नगरपालिका वडानम्बर ७ कलेस्तीमा पहिरोले पुरिएर अर्का एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका पाँचैजना एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, ५ वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेका छन् । पहिरोमा परि घाइते भएकी ६० वर्षीया ज्योतिमाया थापालाई भने उपचारका लागि भीमाद लगिएको छ ।


२९ असार २०७७, सोमवार ०४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु