punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएको दाबी

Chaupati
safha napa

मस्को, असार २९ । कोभिड १९ का लागि खोपको क्लिनिकल परीक्षण सफल भएको रुसको एक विश्वविद्यालयले दाबी गरेको छ ।

सेचेनोभ विश्वविद्यालयले खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको र यसको प्रयोग सुरक्षित भेटिएको दावी गरेको हो । स्थानीय मिडियाका अनुसार विश्वविद्यालयका स्वयंसेवकहरुमा उक्त खोपको परीक्षण गरिएको थियो ।

खोप दिइएपछि ती स्वयंसेवकहरुलाई एक साताभित्र डिस्चार्ज गरिने विश्वविद्यालयले जनाएको छ । विश्वका वैज्ञानिकहरुले कोभिड १९ को खोप २०२० को अन्त्यसम्ममा सार्वजनिक भइसक्ने बताएका छन् । तर आम रुपमा सर्वसुलभ बनाउन थप समय लाग्ने बताइएको छ ।


२९ असार २०७७, सोमवार ०४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु