punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिर्गौला अवैध प्रत्यारोप : डाक्टर र र वडाध्यक्षसहित १२ जना सार्वजनिक

Chaupati
safha napa

काठमाडौं, असार २९ । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेजका डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेतीलाई पक्राउ गरेको हो ।

डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि रहेको खुलेको छ । भारतीय नागरिक भी नटराज र नगेन्द्र पम्पाटीले सँचालन गरेको मेडिकल कलेज यसअघि पनि यस्तै काण्डमा मुछिँदै आएको छ। लाखौं रुपैयाँको चलखेल गरेर पुरानो मेडिकल कलेजमा गैरकानुनी तवरले मृगौला किनबेच भएको व्यूरोले जनाएको छ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा दुई जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गर्ने समूहलाई सघाएका महर्जनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेको खुलेको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जनाएको छ।


२९ असार २०७७, सोमवार ०३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु