punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘असंवैधानिक’ घोडाघोडीको नगर सभा, कार्यपालिका बैठकको निर्णय यसरी उड्यो धज्जी

Chaupati
safha napa

कैलाली । संविधानतः एउटा प्रदेश सभामा एउटा अधिवेशन सकिएको ६ महिना भित्रै अर्को अधिवेशन सुरु गर्नु पर्ने हुन्छ । तर, कैलालीको घोडाघोडी नगरपालिकामा करिब ९ महिना पछि नगर सभाको अधिवेशन आजबाट सुरु भएको छ ।

बजेट अधिवेशनका लागि असारमामा यस अघि अधिवेशन गरिएको थियो । तर, त्यसपछि पुस महिना सम्ममा अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, पालिका भित्रैको किचलोका कारण आजबाट यहाँ अधिवेशन सुरु गरिएको हो ।

No description available.

‘नगरप्रमुख र कार्यकारी अधिकृतको समन्वय अभावमा नगरपालिकाको काम प्रभावित भइरहेको छ’ एक कर्मचारीले भने ‘यहि कारणले यहाँको नगर सभा प्रभावित भएको हो ।’
आज आयोजित नगर सभाले पनि आफ्नै निर्णयको उन्लंघन गरेको पाइएको छ । यस अघि खर्च कटौती गर्ने भन्दै बजारको पानी प्रयोग नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो । अघिल्लो नगर सभामा कार्यकारी अधिकृत दीपक प्रसाद आचार्यले भनेका थिए,‘फजुल खर्च अत्यधिक भयो, अब नगरपालिकाका कार्यक्रमहरूमा आउँदा सबैले घरबाट खाना खाएर आउनु पर्ने छ यहाँ खाना र बोतलको पानी निषेध गरिएको छ । ’

यति भन्दा हलभरि ताली गुन्जिएको थियो । तर, आज नगर सभामा बोतलको पानी मात्रै होइन सहभागीलाई पनि खाजाको व्यवस्था गरिएको थियो ।

No description available.
नसक्ने र नहुने निर्णय गर्न हुँदैन एक वडा सदस्यले भने ‘आज नगरपालिकाले आफ्नै निर्णय उन्लंघन गरेको छ।’ फजुल खर्च नियन्त्रण गर्ने दाबी गरेको घोडाघोडी नगरपालिकाले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई कोट पाइन्ट पनि बितरण गरेको पाइएको छ। त्यसको पनि वडा सदस्यहरूले विरोध गरेका थिए ।

नगर सभाको उद्घाटन सत्रमै माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमालले यहाँका जनप्रतिनिधिबाट नागरिक खुसी नरहेको बताएका थिए । उनले आफूहरू पनि सत्ता गठबन्धनको एक घटक भएको तर, प्रमुख उपप्रमुख एकलौटी रूपले अघि बढिरहेको उनको आरोप थियो । उनले जनताले आभास गर्ने काम गर्न नसकेको भन्दै सरकारको विरोध गरे ।
९ महिना पछि आयोजना गरिएको नगर सभामा दुई दलको मात्रै उपस्थिति रहेको थियो । कांग्रेस र माओवादीका नेताहरूको मात्रै उपस्थित रहेको कार्यक्रममा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरू थिएनन् । यहाँ मेयर खडक रावत नै नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् । उनी पार्टीका जिल्ला सचिव हुन् ।

आफ्नै पार्टी मेयर भएको पालिकाको नगर सभामा उक्ता पार्टीका कुनै पनि प्रतिनिधि नआउनुलाई धेरैले जनप्रतिनिधिको कामबाट पार्टीका नेताहरू पनि सन्तुष्ट नभएको बुझेका छन् ।


१८ चैत २०७९, शनिवार २१:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु