punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। यस्तै कोशी र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


१२ चैत २०७९, आइतवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु