डोटी क्याम्पसमा फर्जी मत दिएको भन्दै मतपेटिका फुटाइयो, मतदान स्थगित
डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लप निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।
फर्जी मत दिएको आरोप पछि यहाँ विवाद सुरु भएको थियो । त्यसपछि भित्र सुरक्षित स्थलमा राखिएको मतपेटिका फुटाइएको हो । अहिले पनि विवाद जारी छ ।
५ चैत २०७९, आइतवार १४:५९ बजे प्रकाशित






























