punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका किसान अगुवाहरूले सिडिओ मार्फत प्रधानमन्त्रीलाई भने-रासायनिक मलको मूल्य तत्काल घटाइयोस्

Chaupati
safha napa

सरकारले बढाएको रासायनिक मलको मूल्य तत्काल फिर्ता लिन कैलालीका किसान सङ्गठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । आज कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका किसान सङ्गठनका अगुवाहरूले सरकार आफ्नो कदमबाट पछि हट्नु पर्ने बताए ।

किसानको ढाँड सेक्ने गरि सरकारले मलको मूल्य बढाउन नपाउने अखिल नेपाल किसान महासङ्घ कैलालीका इन्चार्ज डेजी पाण्डेयले बताए । उनले तत्काल सरकारले बढाएको मूल्य फिर्ता लिनु पर्नेमा जोड लिए ।

आज जिल्ला प्रशासन कार्यालय कैलालीमा पाण्डे सहित नेपाल किसान महासङ्घ कैलालीका अध्यक्ष प्रकाश बहादुर थापा नेपाल राष्टिय प्रजातान्त्रिक किसान सङ्गठन कैलालीको प्रदेश संयोजक हरिलाल भट्टराई लगायत किसानका अगुवाहरू पुगेका थिए । उनीहरुले तीन जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा किसान सङ्गठनका अगुवाहरूले सरकारको निर्णयले ६० प्रतिशत किसानलाई मार परेको भन्दै मूल्य घटाउनु पर्ने उल्लेख छ ।

सरकारले यसअघि सबै खालका रासायनिक मलमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको थियो। अहिले घटाएर ५९।०४ प्रतिशत कायम गरेको हो । अनुदान घटाएसँगै युरिया मलको मूल्य ७८।५७ प्रतिशतले बढ्ने भएको छ। युरिया मलको मूल्य बढेसँगै कृषकको लागत र उपभोक्ता मूल्य बढ्ने देखिएको छ। यसअघि युरिया मलमा कृषकहरूलाई ८०.११ प्रतिशत अनुदान दिँदै आएको थियो।

अबदेखि भने सरकारले युरिया मलमा ६४.४९ प्रतिशत मात्रै अनुदान दिने भएको छ। जसमा युरिया मल खरिदमा सरकारले १५.६४ प्रतिशत विन्दुले अनुदान घटाएको छ। घटाएको अनुदानले अबदेखि कृषकलाई थप भार पर्ने भएको छ। यसअघि प्रतिकेजी १४ रुपैयाँ पर्ने युरिया मल अबदेखि कृषकले २५ रुपैयाँमा किन्नुपर्नेछ।

यस्तै, डीएपी मलमा ५९.०४ प्रतिशत अनुदान दिएकोमा ६.६७ प्रतिशतले घटाएको छ। जसमा अबदेखि डीएपी मलमा ५२.३८ प्रतिशत मात्रै अनुदान पाउनेछन्। उक्त अनुदानको कटौती गरेपछि अहिले प्रतिकेजी डीएपी मलको मूल्य ५० रुपैयाँ पुगेको छ। यसअघि डीएपी मलको मूल्य प्रतिकेजी ४३ रुपैयाँ थियो।

अहिले कैलाली सहित मुलुकै भरि विरोधका कार्यक्रमहरू भइरहेका छन् ।


३ चैत २०७९, शुक्रवार २२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु