युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय न्यायालयले दियो पुटिनलाई पक्राउ गर्न आदेश

काठमाडौं । युरोपको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयले रुसी रास्ट्रपति भ्यादिमिर पुटिनले युद्ध अपराध गरेको भन्दै पक्राउको आदेश दिएको छ ।

युक्रेन युद्धमा बालबालिकाहरुको हत्या भएको भन्दै पुटिनलाई पक्राउको आदेश दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

हेगको अदालतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद सदस्य देशको प्रमुख विरुद्ध दिएको यो स्तरको यो प्रथम आदेश हो। यस अगाडि अफ्रिकी तथा एसियाली नेतालाई यस्तो आदेश आएका उदाहरण छन् ।

अन्तर्राष्ट्रिय न्यायालयको पक्राउको आदेश आएपनि यो अन्तर्राष्ट्रिय क्षेत्रमा बाध्यकारी भने नहुने र पुटिनले कूटनीतिक इम्युनिटीमा पक्राउको सम्भावना नहुने चर्चा सुरु भएको छ ।

यो आदेश पुटिनको पक्राउको लागि भन्दा गैरन्यायिक हत्याको मुद्दा अन्तर्राष्ट्रिय गर्न गरिएको टिप्पणी गरिएको छ ।

आज भएको फैसलालाई रुसले “अर्थहीन” भनेको तर युक्रेनले “ऐतिहासिक” भनेको अलजजिराले उल्लेख गरेको छ

 

 


४ चैत २०७९, शनिवार ०६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु