punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मिसन ग्रासरुट : धनगढीका सबै वडामा अभिमुखीकरण सकियो, आजबाट दोस्रो चरणको कार्यक्रम सुरु

Chaupati
safha napa

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत धनगढीमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 13 people, people standing and people sitting

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सकिएको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए जोशीका अनुसार सोमबार धनगढीको वडा नम्बर १५,१८ र १९ मा अभिमुखीकरण सकिएसँगै पहिलो चरणको अभियान सकिएको हो ।

May be an image of 7 people, people sitting and people standing

आज पहिलो चरणको कार्यक्रमको समीक्षासहित नगर स्तरीय जनसङ्गठनको अभिमुखीकरण कार्यक्रम राखिएको छ भने दोस्रो चरणको अभियान अन्तरगत वडा, टोल कमिटी र सेल कमिटीसहित घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ ।

नेकपा एमालेले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रम अन्तरगत फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ । सुदूरपश्चिमको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकामा पूर्व मन्त्री तथा नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नालाई खटाइएको छ । ठगुन्नासँगै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीलाई खटाइएको छ । पार्टी सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्टले प्रशिक्षण दिइरहेका छन् ।

May be an image of 13 people, people standing, people sitting, tree and grass


३० फागुन २०७९, मंगलवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु