punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पारस खड्का सम्मिलित टोलीको शानदार जित,खड्काले ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन्

Chaupati
safha napa

एजेन्सी। लेजेन्ड्स क्रिकेट लिगमा एसिया लायन्सले वर्ल्ड जायन्ट्सलाई ३५ रनले हराएको छ ।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्स लगातार दोस्रो जितपछि शीर्ष स्थानमा कायमै छ । कतारमा एसिया लायन्सले दिएको १ सय रनको विजयी लक्ष्य पछ्याएको जायन्ट्स निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रनमै सिमित भयो । उसका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाए ।

एसियाका लागि कप्तान शाहिद र बलर अब्दुर रजाकले २र२ विकेट लिए । सोहेल तनविरले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा नटआउट रहे ।

तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ र बलिङ गर्ने अवसर भने पाएनन् ।

एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो ।


३० फागुन २०७९, मंगलवार ०७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु