punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यूएईविरुद्ध नेपाल ब्याटिङमा, ज्ञानेन्द्र मल्ल र करण केसी बेन्चमा

Chaupati
safha napa

नेपाली क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गतको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ पहिला गर्ने निर्णय गरेका हुन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने आजको खेलमा जित निकाले नेपालका लागि एकदिवसीय मान्यता सुरक्षित गर्ने अवसर हुनेछ। यूएईमाथि जित निकाल्न सके नेपाल अमेरिकालाई अंकतालिकामा पछि पार्दै चौथो स्थानमा उक्लन सक्नेछ भने सोझै विश्वकप छनोटको सम्भावनालाई पनि जिवित राख्नेछ।

यी दुई टोलीबीचको पछिल्ला पाँच खेललाई हेर्दा यूएईमाथि नेपाल हाबि भएको देखिन्छ। पाँच खेलमा नेपालले तीन खेल जित्दा यूएईले दुई खेल जितेको छ। नेपाली टोलीमा नियमित स्थान बनाउँदै आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र करण केसी आज बेन्चमा छन्। उनीहरुको स्थानमा ललित राजवंशी र गुलसन झा ले टोलीमा स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, भीम सार्की, गुलसन झा, सोमपाल कामी


२८ फागुन २०७९, आइतवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु