punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कहिले हुन्छ सुदूरपश्चिममा सरकार विस्तार ?

Chaupati
safha napa

सुदूरपश्चिममा उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने सरकार बिस्तार हुने भएको छ । अहिले सम्म मुख्यमन्त्रीले दुई मन्त्रीलाई मात्र नियुक्त गरेका छन् ।
माघ २७ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो । त्यसको एक महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

अहिले सम्म नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका छन् ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शाहीले उपराष्ट्रपतिको निर्वाचन सकिए लगत्तै सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । तर, अहिले सम्म दलहरू बिच भागबन्डा भने मिलिसकेको छैन । माओवादी केन्द्र र नागरिक उन्मुक्तिले दुई दुई मन्त्रालय दाबी गरेका छन् । अहिले सम्म यी दुबै दल सरकारमा सहभागी भएका छैनन् ।
२१ फागुनमा यी दुबै दलले पनि सरकारलाई विश्वासको मत दिएका थिए ।
उपराष्ट्रपतिको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी सहितको सरकार बनाउने तयारी भइरहेको छ ।


२८ फागुन २०७९, आइतवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु