punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटामा बरघर–भलमन्सा ऐन कार्यान्वयन हुँदै

Chaupati
safha napa

शुक्लाफाँटा नगरपालिकाले बरघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडा वडामा बरघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वरघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएको छ ।

नगरस्तरीय समितिले बरघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउन कार्ययोजना तयार गरेको बरघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताए । “जिल्लामै वरघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उनले भने, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बरघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवर्धन विकास र अभ्यासलाई अगाडि बढाउन सहज हुनेभएको छ ।”

बरघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खुना, चौधरी र राना थारु समुदायलाई समेटिएको छ । नगरपालिकाको प्रत्येक वडामा योजना छनोट गर्दा गरिने भेलामा बरघर–भलमन्सालाई अनिवार्य रुपमा उपस्थित गराई बजेट, नीति तथा कार्यक्रम बनाइने संयोजक चौधरीले जानकारी दिए ।
ऐनमा बरघर र भलमन्साको चयन, कार्य क्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायत प्रावधान राखिएका छन् । कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुनेगरी काम गर्न सकिने उल्लेख गरिएको छ । थारु समुदायमा अनौपचारिक रुपमा प्रचलनमा रहेको यस प्रथाले कानुनी हैसियत प्राप्त गरेपछि बरघर भलमन्साको कार्य क्षेत्र किटान गरी हक अधिकार सुनिश्चित गरेको बरघर भलमन्सा नगर समितिका संयोजक बच्चन रानाले बताए ।


२५ फागुन २०७९, बिहीवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु