punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड एमालेतिरै फर्कने योगेशको दाबी

Chaupati
safha napa

नेकपा एमाले का सचिव तथा सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई धोका दिएको टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका भट्टराईले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले प्रचण्ड पुनः एमालेतिरै फर्किने पनि दाबी गरेका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने दाबी गरेका हुन् ।

प्रचण्डले सहयात्री दललाई दुःख दिएको पनि भट्टराईको आरोप छ । यसअघि उनले राष्ट्रपतिको निर्वाचनको लागि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएको दिन राष्ट्रपतिमा नेम्वाङले जित्ने दाबी गरेका थिए ।


२५ फागुन २०७९, बिहीवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु