धनगढीका एक युवकको डोटीमा हत्या
डोटीमा कुटपिट गरी कैलालीका युवकको हत्या गरिएको छ। डोटीको पूर्वी चौकी गाउँपालिका–१ छेप्लाडीमा कैलाली धनगढी उपमहानगरपालिका–१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरिएको हो।
निर्माणाधिन स्कुलको भवनमा मजदुरी गर्दै आएका साउदलाई पूर्वी चौकी गाउँपालिका–१ छेप्लाडीका ३५ वर्षीय डबल सेट्टीले कुटपिट गरेका थिए । कुटपिटबाट गर्दा गम्भीर घाइते भएका चौधरीको उपचारको लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।
२३ फागुन २०७९, मंगलवार ०९:४८ बजे प्रकाशित































