punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा बुडाल मृत्यु प्रकरण : १० दिन देखी आफन्तले शव बुझ्न मानेनन्, १२ जना पक्राउ गरेर अनुसन्धान गर्दै प्रहरी

Chaupati
safha napa

कैलाली, १३ फागुनमा मृत फेला परेका जीवन बुडालको हत्या भएको भन्दै आफन्तले १० दिन सम्म शव बुझ्न मानेका छैनन् ।
दशरथ चन्द नगरपालिका–१० खडेनीका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगर चमेलिया नदी किनारमा मृत फेला परेका थिए। राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथीहरूसँगै पिकनिक गएका थिए।
पिकनिक मनाउन गएका १२ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा रहेका १२ जनामाथि म्याद थप गरेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए।
बुडालको हत्या आशङ्का गर्दै परिवारजनले १२ जनाकै नाममा किटानी जाहेरी दिएका थिए ।
पानी कम भएकै ठाउँमा बुडाल मृत फेला परेकाले घटना रहस्यमय हुन सक्ने भन्दै परिवारले सत्य तथ्य बाहिर ल्याउन माग गरिरहेका छन्। परिवारले छानबिनका लागि १६ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए।
विगत छ दिन देखी मृत्युको कारण पत्ता लगाउन सिआइबीको टोली बैतडी पुगेको छ। हिजोबाट प्रदेश प्रहरी कार्यालयको टोलीले पनि बैतडीमा अनुसन्धान सुरु गरेको छ ।
बुडालको शव १० दिनदेखि जिल्ला अस्पताल बैतडीमा छ।


२३ फागुन २०७९, मंगलवार १०:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु