punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावल पार्टी काममा फर्किए, साँफेबगरको मिसन ग्रासरुटमा सहभागी

Chaupati
safha napa

अछाम । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन् ।

एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।

नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए । रावल निर्वाचनको बेला पनि मतदान गर्नमात्र अछाम पुगेका थिए ।

एमालेको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि उनी पार्टीका कुनै पनि कमिटीमा छैनन् । उनलाई पनि पार्टीले कुनै जिम्मेवारी दिएको छैन । उनी स्वतन्त्र अभिव्यक्ति दिँदै हिँडेका छन् । रावललाई नेकपा एसमा प्रवेशका लागि माधव नेपाललगायतका नेताहरुले आग्रह गरिरहेका छन् ।


१९ फागुन २०७९, शुक्रवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु