punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका पत्रकार साउदलाई दुर्व्यवहार गर्ने तीन जना तीन दिन देखी थुनामा

Chaupati
safha napa

कैलाली । कैलालीका पत्रकार टिकाराम साउदलाई नियन्त्रणमा राख्ने र समाचार सामाग्री हटाउन दबाब दिने तीन जना अहिले थानामा छन् ।

इलाका प्रहरी कार्यालय सुखडले पत्रकारलाई दुर्व्यवहार गर्ने भीम ऐर,केशव बोहरा अविनन् बमलाई पक्राउ गरि अहिले थानामा राखेको छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भइसकेको छ प्रहरीले जनाएको छ ।
जिल्लाको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित उनीहरुले साउदलाई नियन्त्रणमा लिएका लिएका थिए । उनीहरुले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।

त्यस क्षेत्रमा ठगी गरिरहेको भन्दै पत्रकारहरूले आरएनसी टे«डिङको समाचार प्रसारण गरेका थिए । हिजो मात्रै त्यहाँ कर कार्यालयले छापा हानेको छ ।

 


१८ फागुन २०७९, बिहीवार ०७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु