punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा उद्योगी व्यवसायीको आन्दोलन : आज ‘नो डिपोजिट’

Chaupati
safha napa

कैलाली । बैङ्कहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित छन् ।

१५ गते देखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । कैलालीमा पनि सशक्त रूपले आन्दोलन अघि बढिरहेको छ ।

बिहान ९ बजे देखी धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा आज पनि विरोध ¥याली निकाल्ने कैलाली उद्योग वाणिज्य सङ्घले तयारी गरेको छ । पार्क मोडमा कोणसभा गर्ने र सबै बैङ्कहरूमा दबाब मूलक धर्ना दिने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा भइरहेको छ । उनीहरुले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।


१८ फागुन २०७९, बिहीवार ०७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु