punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टाइनमा इन्सेकको अनुगमन– ‘खाना पनि घरबाटै मगाउँछन् संक्रमित’

Chaupati
safha napa

धनगढी, असार २६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले शुक्रबार गोदावरी नगरपालिका—९ को बल्मीस्थित राष्ट्रिय माध्यामिक विद्यालय र गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित अमर माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा क्वारेन्टाइन ब्यवस्थापन र त्यहाँ बसेका ब्यक्तिहरुको अवस्था मापदण्डबिपरीत रहेको जनाएको छ । इन्सेकको अनुगमनका क्रममा क्वारेटाइनमा बत्ति, खानेपानी, बस्नको अवस्था नाजुक रहेको देखिएको छ । एउटा झुल र म्याटबाहेक केही नभएको, खाना घरबाट मगाएर खानुपर्ने अवस्था रहेको अनुगमनका क्रममा भेटिएको छ । यसले गर्दा समुदायमा संक्रमण फैलने सम्भावना धेरै देखिएको इन्सकको अनुगमनका क्रममा देखिएको छ ।

क्वारेन्टाइनमा बसेकी ३८ वर्षीया महिलाले क्वारेटाइनमा बसेको ६३ दिन बित्दा पनि आरडिटी परीक्षण नगरेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा कुनै पनि सुबिधा नदिएको गुनासो गर्नुभयो । ‘पानी, खाना, बत्ति केही पनि छैन, महिलालाई महिनावारी भएको बेला नुहाउन, लुगा धुन समस्या छ, उहाँले भन्नुभयो ‘दुई महिना बित्दा पनि न परीक्षण गरेको छ न घर पठाएको न कुनै सुबिधा दिएको छ ।’ उहाँले जनप्रतिनिधिहरुको कुनै चासो नरहेको बताउनुभयो ।

एक २७ वर्षीय पुरुषले आरडीटी पोजेटिभ आएको १८ दिन हुँदा पनि पीसीआर चेक नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘मनमा तनाव छ, कोरोना पोजेटिभ छ की नेगेटिभ केही थाहा छैन ।’ क्वारेन्टाइनमै बसेका अर्का एक ३२ वर्षीय पुरुषले वडाध्यक्षको मुखसमेत हेर्न नपाएको बताउनुभयो । ‘सेवा सुबिधा त परको कुरो हो,’ उनले इन्सेक प्रतिनिधिसंग गुनासो गर्दै भने, ‘कोरोना परीक्षणका लागि पहल गरिदिनहोला ।’

स्थानीय समाजसेवी ५९ वर्षीय डबलबहादुर सुनारले क्वोन्टाइनको ब्यवस्थापनमा स्थानीय सरकारको कुनै सहयोग नभएको बताउनुभयो । ‘जति सहयोग गर्नु पर्ने हो चामल, दाल, तरकारी, नुन तेल हामी गाउँबाट सहयोग गर्दै आइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सामाग्री पनि अहिलेसम्म कसैले सहयोग गरेको छैन ।’

गोदावरी नगरपालिका— ९ का वडाध्यक्ष लहानु चौधरी अहिले नगरसभा र आर्थिक वर्षको अन्तिम क्लोजिङ भएर क्वारेन्टाइनमा समय दिन नसकेको स्विकार गर्नुभयो । ‘एक हप्ता अगाडि ६०/७० जना थिए त्यसैले ब्यवस्थापनमा र खानामा समस्या थियो’ उहाँले भन्नुभयो, ‘उनीहरुले हामी घरको खाना खान्छौ भनेपछि त्यसै गर्न भनिएको मात्रै हो नदिएको होइन । उनले सरकारको मापडण्डअनुसार क्वारेन्टाइन ब्यवस्थापन र कोरेना परीक्षणमा भने ढिलाई भएको उहाँले स्वीकार गर्नुभयो ।


२६ असार २०७७, शुक्रवार १४:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु