punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई वर्षीया बालिका बलात्कृत, ६८ वर्षीय पुरुष पक्राउ

Chaupati
safha napa

बझाङको खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन्। गत शुक्रबार अपराह्न बालिकालाई बलात्कार गरेको आमाको उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो। ती पुरुषलाई उनकै घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए।

पीडक पक्षले गाउँमै घटना मिलाउन दबाब दिएको आमाले बताइन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको बताए। उनले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्टमा पनि बलात्कार भएको हुन सक्ने उल्लेख छ । हामीले मुद्दा दर्ता गरिसकेका छौँ।’

बालिकाकी आमा र बालिका अहिले सदरमुकामस्थित अल्पकालीन महिला सुरक्षा आवास गृहको संरक्षणमा छन्। बलात्कारको आरोप लागेका पुरुष पीडितकै नातेदार भएको प्रहरीले जनाएको छ ।


१६ फागुन २०७९, मंगलवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु