punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा भारतबाट लुकाएर ल्याएको १० लाखको औषधी बरामद

Chaupati
safha napa

भीमदत्त नगरपालिका-३ भाँसीबाट प्रहरीले सोमबार भारतबाट लुकाईछिपाई ल्याउँदै गरेको १० लाख २१ हजार ४०० रूपैयाँ बराबरको औषधी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डांगीका अनुसार विशेष सुराकीको आधारमा बेवारिसे अवस्थामा औषधी बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले सेगोप्लेक्स ८१० थान, वोनभिटा १ हजार थान र न्यूरोक्याक्स १ हजार ८० थान औषधीको पत्ता बरामद गरिएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए। बरामद औषधी भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ।


१६ फागुन २०७९, मंगलवार ०७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु