punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस वर्षको ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई

Chaupati
safha napa

विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने ‘फिफा उत्कृष्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, महिलातर्फ एलेक्सिया पुटेलसले जितिन् उत्कृष्ट अवार्ड

विश्व फुटबल महासंघ फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जितेका छन् ।

पेरिसमा आज विहान भएको एक समारोहमा उनले प्रतिद्वन्दीहरु फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै पुरुषतर्फ वर्षको उत्कृष्ट अवार्ड जितेका हुन् ।

३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधी दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसअघि फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीनजनाको नाम तय गरिएको थियो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो । सन् २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एकपटक मात्र असफल भएका खेलाडी हुन् । यी तीनमध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले ‘द वेष्ट फिफा अवार्ड’ जितिसकेका छन् ।

महिलातर्फ भने एलेक्सिया पुटेलसले उत्कृष्ट अवार्ड जितेकी छिन् । त्यस्तै इङल्याण्डकी मेरी इयर्पले उकृष्ट गोल किपरको अवार्ड जितेकी छिन् ।


१६ फागुन २०७९, मंगलवार ०७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु