punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुई- दुई मन्त्री र सांसदलाई बोलाएर मुख्यमन्त्री शाहले सोधे – मैले विश्वासको मत कहिले लिने ?

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अझै विश्वासको मत लिने समय निर्धारण गर्न सकेका छैनन् । माओवादी केन्द्रका केही सांसदहरू काठमाडौँ रहेका कारण उनले विश्वासको मत लिने बिषयमा निबसुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अझै विश्वासको मत लिने समय निर्धारण गर्न सकेका छैनन् । माओवादी केन्द्रका केही सांसदहरू काठमाडौँ रहेका कारण उनले विश्वासको मत लिने बिषयमा निर्णय लिन नसकेका हुन् । त्यसै माथि केन्द्रबाट पनि उनलाई शीर्ष नेताले विश्वासको मत लिने दिन बताएका छैनन् ।

यसै बिच आज मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री शाहले दुई मन्त्री र र दुई सांसदलाई सुटुक्क बोलाएर आफूले विश्वासको मत दिने दिन बारे सल्लाह दिन आग्रह गरेका छन् । कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार मन्त्री भएका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री भएका नरेश कुमार शाहीलाई मुख्यमन्त्री शाहले कार्यालयमा बेलाएका थिए ।

उनले काङ्ग्रेसकै सांसद मेघराज खड्का र माओवादी केन्द्रका सांसद अक्कल रावललाई पनि बोलाएर विश्वासको मत बारे सल्लाह लिएका थिए । त्यस क्रममा मुख्यमन्त्री शाहले काठमाडौँमा आफूले नेताहरूलाई भेटेको बारे जानकारी गराएका थिए । उक्त बैठकमा पनि कहिले विश्वासको मत लिने भन्ने बारे ठोस निकर्ष आउन सकेन ।

१८ देखी २० गते सम्म विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेका छन् ।
माघ २६ गते मुख्यमन्त्री भएका शाहले ३० दिन भित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । केन्द्रमा फेरिएको गठबन्धनले मुख्यमन्त्री शाहलाई सहज भएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक छ ।

यहाँ काङ्ग्रेससँग १९, माओवादी केन्द्रसँग सभामुख सहित ११ नेकपा एकीकृत समाजवादीसँग ७ सांसद छन् । केन्द्रमा ८ दलीय गठबन्धनमा रहेको नागरिक उन्मुक्तिका यहाँ ७ सांसद छन् । ती सांसदले पनि मत दिए कांग्रेस सरकारले दुई तिहाइ बढिको विश्वास प्राप्त गर्ने छ ।


१५ फागुन २०७९, सोमवार २१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु