punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

Chaupati
safha napa

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ बजे बैठक बस्नेछ।

बैठकमा राष्ट्रपतिको उम्मेदवारसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ।

हिजो बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको संयुक्त बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल चलेको थियो।

यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको काम हुँदैछ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए।

 


१३ फागुन २०७९, शनिवार ०७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु