punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

Chaupati
safha napa

खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

चिकित्सकहरूका अनुसार बुधबारदेखि उनलाई कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ।

सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ।

नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।

सांसद भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए।

सांसद भण्डारीको स्वास्थ्य सुधार भइरहेकाले अबको चार दिनपछि आइविसियु ९इन्टेन्सिभ बर्न केयर युनिट०बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएका नेता कँडेलले जानकारी दिए।

यही फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ मा श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।


१० फागुन २०७९, बुधवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु