punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री कार्यालयको काम अस्तव्यस्त, बजेट खर्चमा समस्या

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको काम अस्तव्यस्त भएको पाइएको छ । सरकारको नेतृत्व कुन दलले गर्ने र दिगो मुख्यमन्त्री को बन्ने भन्ने बारे अनिश्चित हुँदा यहाँको काम प्रभावित भएको हो ।

पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले माघ २६ मा राजीनामा दिए । विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्ताव नै फेल भए पछि उनले राजीनामा दिएका थिए । त्यसै दिन कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री भए । उनले पनि अहिले सम्म पनि विश्वासको मत लिएका छैनन् । यहि कारणले यता मन्त्रालयको काम पनि प्रभावित भएको छ ।

आर्थिक वर्ष २०७९–२०८० को माघ महिनासम्म चालुतर्फ २५ प्रतिशत र पुँजीगततर्फ १३ प्रतिशत खर्च प्रगति देखिएको छ । समग्रमा १८ प्रतिशत विकास खर्च भएको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।

महिनौँ दिनमै सरकार फेरबदलले कामकाज प्रभावित हुँदै आएका मन्त्रालयहरू सुनसान समेत देखिएका छन् । महिनौँ दिनदेखि मन्त्रीहरू नतोकिँदा महत्त्वपूर्ण नीतिगत निर्णयहरू हुन पाएका छैनन् । साथै मन्त्रालयमा कुनै चहलपहल समेत नभएको बताइएको छ । मुख्यमन्त्री कार्यालयमा मात्र होइन अन्य विषयगत मन्त्रालयको अवस्था पनि यस्तै छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘हाम्रो यहाँ न सचिव छन्, न मन्त्री । दैनिक प्रशासनिक कार्य बाहेक केही छैन । जुन रूपमा नयाँ जनप्रतिनिधि आएपछि नयाँ उत्साह, उमङ्ग हुन्छ । त्यो केही पनि छैन । चहलपहलै छैन । नीति तथा कार्यक्रम नै नभएपछि अरू के नै होला ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी रामभट्टराइको अनुभूति पनि सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीको जस्तै छ । उनले पनि दैनिक प्रशासनिक कार्य जारी रहे पनि मन्त्रालयको विकासे काम भने अझै लयमा आउन बाँकी रहेको बताए ।
तथापि भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्री पाइसकेकोले अरू मन्त्रालयको तुलनामा नीतिगत निर्णयमा असर नपर्ने सचिव भट्टराईले आशा व्यक्त गरे ।
माघ २६ गते नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नरेश कुमार शाहीलाई नियुक्त गरेका थिए । बाँकी मन्त्रालय अझैसम्म मन्त्रीविहीन छन् ।


१० फागुन २०७९, बुधवार ०८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु