punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको ६ लेनमा रोपिएका बोटबिरुवा चोरी, मेयरले हमालले गरे यस्तो अपिल

Chaupati
safha napa

धनगढी । धनगढीको ६ लेन सडकमा रोपिएका बोटबिरुवा चोरी हुन थालेका छन् ।
उपमहानगरपालिकाका अनुसार चटकपुर खण्डमा रोपिएका ८ वटा र राजपुर खण्डमा रोपिएका ४ वटा गरी १२ ओटा बोटबिरुवा चोरी भएका छन् ।

साथै सो छ लेनमा रोपिएका बोटबिरुवा संरक्षणको लागि लगाइएका तार जाली माथिबाट यात्रुहरूले बाटो क्रस गरिदिँदा तार जाली समेत भाँचिन थालेको छ ।

सौन्दर्यकरणको लागि रोपिएका बोटबिरुवा चोरी हुन थालेपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले संरक्षणको लागि सार्वजनिक अपिल गरेका छन् ।

उनले नगरको सौन्दर्यकरण गर्न लाखौँ रकम खर्च गरी बोटबिरुवा रोपिएको र तार जाली लगाइएको बताउँदै त्यसको संरक्षणमा सबैले ध्यान दिन समेत अनुरोध गरेका हुन् ।

‘यो चरम आर्थिक मन्दीको बेला हामीले जनताकै करबाट आएको पैसा खर्च गरी प्राथमिकरण गरी नगरको सौन्दर्यकरण गर्न हाई मास्ट बत्ती लगाएका छौ । बोटबिरुवा रोपेका छौ । यसमा लगाएको पैसा माथिबाट खसेको पैसा होइन । तार जाली लगाएका छौ । जनशक्ति परिचालन गरी दैनिक सिँचाइ गरेका छौ । सभ्य, जिम्मेवारी नागरिक तथा नगरवासीको परिचय दिऊँ ’ उनले भनेका छन् ।


१० फागुन २०७९, बुधवार ०७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु