punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अझै निवारण भएन हात्तीपाइले रोग, फागुन ११ बाट औषधि खुवाइने

Chaupati
safha napa

कैलाली । कैलालीमा अहिले सम्म हात्तीपाइले रोग निवारण हुन सकेको छैन । सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा हात्तीपाइले निवारण भइसक्दा पनि कैलालीमा अझै यो संक्रमितहरु फेला परिरहेका छन् ।

कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नेहरूको सङ्ख्याले सूचक छुन सकेको छैन । कैलालीमा यस पटक पुन फागुन ११ बाट हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने भएको छ ।
फागुन ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाइने अभियान सुरु गर्न लागेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।

सरकारले यो वर्ष कैलालीसहित ६ प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको हो ।

‘आउँदो ११ गतेदेखि २५ गतेसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने तयारी गरेका छौँ’स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोगका फोकल पर्सन मीनबहादुर धामीले भने ।
कैलालीमा यो वर्ष ९ औं चरणको अभियान सुरु हुन लागेको हो । यसअघि धेरैले औषधि नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

कैलालीमा यो वर्ष १३ पालिकाको १२६ वडाका १४२ स्वास्थ्य संस्थाबाट औषधि खुवाइने फोकल पर्सन धामीले बताए। जिल्लाका ९ लाख २६ हजार ८८८ जनालाई औषधि खुवाउन पालिकाहरूले पालिका स्तरीय योजनाअनुसार काम गर्ने बताइएको छ।


९ फागुन २०७९, मंगलवार २०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु