लमजुङमा पहिरोले घर पुरियो, तीन जनाको मृत्यु, तीन घाइते
लमजुङ, असार २६ । लमजुङको बेसीसहर-७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।
पहिरोमा परेर दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पहिरोमा परेर अन्य तीन जना सामान्य घाइते भएका छन् ।
२६ असार २०७७, शुक्रवार ०१:१९ बजे प्रकाशित






























