आईएमई सेन्टर बाट ६ लाख बढी चोरी
असार २५ ,धनगढी । कैलालीको अत्तरीया स्थित महेन्द्रनगर रोडमा रहेको आईएमईमा चोरी भएको छ । उक्त आईएमई काउन्टरबाट ६ लाख बढि रकम चोरी भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान करिब २ बजेतिर आईएमईमा चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न ब्यक्तीको सिसीटिभी फुटेज फेला पारेको छ । फुटेजमा उनी काउन्टरमा सामान खोलिरहेका देखीन्छन । आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका तोडेर चोरी भएको बताएका छ्न ।
जोशीले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतीको रिचार्ज चोरी भएको बताए । चोरीमा संलग्न ब्यक्तीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकाले जानकारी दिएको छ ।
२५ असार २०७७, बिहीवार १७:१४ बजे प्रकाशित






























