कैलालीमा चितुवाको छाला र वन्यजन्तुका हड्डीसहित दुई जना पक्राउ

चितुवाको छाला र वन्यजन्तुका हड्डीसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले कुइने देखि चिसापानीतर्फ आउँदै गरेका अछाम
बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुल बहादुर बिक र जुम्ला तातोपानी गाउँपालिका–४ राउत वाडाका ५० वर्षीय तुल बहादुर खत्री लाई पक्राउ परेको हो ,
बिकले चलाएको से।५ प ८०३१ नं।को मोटरसाइकल पछाडि सवार खत्रीको साथमा रहेको झोला जाँच गर्दा चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ।

७ फिट १० इन्च लम्बाई र ४ फिट ७ इन्च चौडाइ भएको चितुवाको एक थान छाला र वन्यजन्तुका २ किलो ९५० ग्राम हड्डी बरामद गरिएको छ।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।


७ फागुन २०७९, आइतवार २०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु