प्रजातन्त्र दिवसको अवसर पारेर बास नेपाल घोडाघोडी उपशाखाद्वारा रक्तदानको आयोजना
बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाले प्रजातन्त्र दिवसको अवसर पारि घोडाघोडी नगरपालिका १ सुखडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज एकै दिन २७ जनाले रक्तदान गरेका छन् ।
बास नेपाल घोडाघोडी उपशाखाकाका अध्यक्ष ईन्द्रा केसीको सभापतित्व सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरी थिइन् । उनले रक्तदान गर्नु राम्रो रहेको बताएन् ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी घोडाघोडी उपशाखाका सभापति राम प्रसाद गौतमले बास नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै बास नेपाल कैलाली शाखाका अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले यस्ता सामाजिक कार्यहरू गर्दै आइरहेको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिका ,वडा न १ का अध्यक्ष घनश्याम ओझा,इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र वीर विश्वकर्मा,नेपाल रेडक्रस सोसाइटी कैलाली का सदस्य दिनेश लामिछाने, थनौरा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मि प्रसाद जोशी, लगायताको सहभागिता रहेको थियो ।

पुष्पा साहीले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको सञ्चालन घोडाघोडी उपशाखाका सचिव खगेन्द्र अवस्थीले गरेका थिए ।
७ फागुन २०७९, आइतवार २१:२५ बजे प्रकाशित













