सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिलामन्त्री र दमन भण्डारीले भूमि व्यवस्था तथा सहकारीमन्त्रीका रूपमा शपथ लिएका छन् ।

यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। सोही निर्णयअनुसार एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् ।

यसअघि शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन् ।


२९ साउन २०८३, शुक्रवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु