अखिलको केन्द्रीय पदाधिकारीमा सुदूरपश्चिमको सानदार उपस्थिति, दुई उपाध्यक्ष, एक महासचिव र एक सचिव विजयी

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

यस कमिटीको पदाधिकारीमा सुदूरपश्चिमबाट पनि सानदार उपस्थिति देखिएको छ ।
केन्द्रीय चार उपाध्यक्ष मध्य २ सुदूरपश्चिमका नेताहरुले जितेका छन् ।

बैतडीका गोविन्द गिरी र कञ्चनपुरकी मर्यादा विष्ट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गिरी यस अघि उपमहासचिव । विष्ट सचिव थिए ।

कमिटीको महासचिवमा पनि बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । उनी यस अघि उपमहासचिव थिए । सचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी डोटीका हुन् ।


५ फागुन २०७९, शुक्रवार ०६:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु