अखिलको स्थायी कमिटीमा सुदूरपश्चिमबाट रक्षा बमलाई सर्वाधिक मत, पुरुष तर्फ अमिर महर र रोहित बम विजयी (मत परिणाम सहित)
कैलाली । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को निर्वाचन सम्पन्न भएको छ । स्थायी कमिटीको मत परिणाम अनुसार सुदूरपश्चिमबाट पुरुष तर्फ २ र महिला तर्फ १ निर्वाचित भएका छन् ।
प्रदेशमा महिला तर्फ निर्वाचित रक्षा बमले सर्वाधिक मत पाइन् । उनको मत ८६२ छ । यो पुरुष र महिला दुबै तर्फका भन्दा बढि मत हो । पुरुष तर्फ अमिर बहादुर महर ७५४ मत सहित विजयी हुँदा रोहित बम ६०८ मत सहित विजयी भए ।
आनसिंह बडालले ३४२ मत पाए, कमल सिंह रोकायाले ३८४ मत पाए, मान बहादुर महराले २३० मत पाए, राजीव कुमार रोकायाले ३२२ मत पाए भने सिद्ध प्रसाद ढुङ्गानाले ३९४ मत पाए । महिला तर्फकी उम्मेदवार समि बिस्टको ६५५ मत रहेको थियो ।
५ फागुन २०७९, शुक्रवार ०७:०८ बजे प्रकाशित













