सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन् ।
मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले विष्टलाई शुक्रबार (आज) सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
२३ असोज २०८३, शुक्रवार १८:४६ बजे प्रकाशित














