punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कफलकोटले जित्यो दोगडाकेदार राष्ट्रपति रनिङ शिल्ड

Chaupati
safha napa

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रौलेश्वर मावि, कफलकोटले जितेको छ। कफलकोटले ११ स्वर्ण, ३ रजत र २ कास्यपदकसहित प्रथम भएको हो। प्रथम भएको कफलकोटले २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पायो।

श्रीकेदार मावि, पिपलकोट दोस्रो भएको छ। उसले ७ स्वर्ण, ८ रजत र ३ कास्यपदक हात पार्‍यो। पिपलकोटले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र पायो। यसका साथै सनातन धर्म मावि श्रीकोटले तेस्रो स्थान प्राप्त गरेको छ। श्रीकोटले ४ स्वर्ण, ९ रजत र ५ कास्य जित्यो। उसले १० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

विजेता विद्यालयलाई पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट, गाउँपालिका अध्यक्ष चक्र कार्कीलगायतले पुरस्कार वितरण गरे।

समापन समारोहमा भट्टले शैक्षिक गुणस्तरका साथै खेलकुदमा पनि ध्यान दिन जोड दिए। पालिका अध्यक्ष कार्कीले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने बताए।

माघ २५ गतेदेखि शुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो। प्रतियोगितामा ८ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आगामी फागुनमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने जनाइएको छ।

 


२८ माघ २०७९, शनिवार ०७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु