punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा बुहारी बलात्कार आरोपमा पक्राउ परेका ससुरा कारागार चलान

Chaupati
safha napa

बुहारीमाथि जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

जिल्ला अदालतको आदेश अनुसार ती पुरुषलाई  कारागार चलान गरिएको हो।

आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ गरेको थियो। पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको र जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरेको थियो।


२४ माघ २०७९, मंगलवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु