punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने

Chaupati
safha napa

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोली विश्वासको मत लिने भएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेतासमेत रहेका रावलले विश्वासको मत पाउने सम्भावना बढेको छ । निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने भन्ने निर्णय अझै गरेको छैन । तर, काठमाडौँमा भएको छलफलमा उनी दलहरू बिच विश्वासको मत दिने सहमति भइसकेको छ । प्रदेशमा भने मन्त्रीको संख्यामा सहमति हुन नसक्दा अझै नागरिक उन्मुक्तिले ठोस निर्णय गर्न सकेको छैन ।

‘प्रदेशसभा सचिवालयबाट बैठकको सूचना प्राप्त गरेपछि हाम्रा माननीयहरूबिच आन्तरिक छलफलमा जुटेका छौँ,’ नागरिक उन्मुक्तिका प्रमुख सचेत लक्ष्मण थारुले भने‚ ‘विश्वासको मत दिने नदिने भन्नेमा निर्णय भइसकेको छैन ।’ ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ ।

सरकार नेतृत्वकर्ता दल एमाले सांसद धर्मराज पाठकले विश्वासको मत पाउनेमा विश्वस्त रहेको बताए । ‘उहाँहरूको मुख्य माग रेशम चौधरीको रिहाइ हो । संयोगले सर्वोच्च अदालतबाट पनि उहाँहरूकै अपेक्षाअनुसार प्रत्यर्थी झिकाउने आदेश भएपछि वातावरण सहज बनेको छ ।’


२४ माघ २०७९, मंगलवार ०७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु