punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम : यी क्षेत्रमा हिमपातको सम्भावना

Chaupati
safha napa

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, वागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 


२४ माघ २०७९, मंगलवार ०६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु