punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपीएल : भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी र नव बाल बाटिका बौनिया विजयी

Chaupati
safha napa

 कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतन धनगढीलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो । १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको शारदा विद्या निकेतन २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन मात्र बनाउन सक्यो ।

उसका लागि दीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । बलिङ तर्फ भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३ विकेट लिए ।त्यस अघि भुवनेश्वरीको ब्याटिङमा खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । उसका प्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रन बनाए । बलिङ तर्फ शारदाका हृदय बिठारीले २ विकेट लिए ।खेलको प्लेयर अफ दी म्याच खगेन्द्र ठगुन्ना चुनिए ।

आजै भएको दोस्रो खेलमा नव बालबाटिका विद्या मन्दिर बौनियाले वेष्टन क्रिष्टल एकेडेमी धनगढीलाई ९० रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पारेको थियो । १ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्टन क्रिष्टल एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । वेष्टनका लागि नीरज ऐरले २४ र आशिष् लुहारले १६ रन बनाए । बलिङ तर्फ बाल बाटिकाका वीर बहादुर घर्ती मगरले ३ र प्रकाश जैशीले २ विकट लिए ।

त्यस अघि पहिलो इनिङमा बाल बाटिकाका लागि नेपाली यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका प्रकाश जैशीले २६ बलमा ७ छक्का र ६ चौकासहित अविजित ७८ रनको विस्फोटक पारी खेले । उसका आशिष् ओलीले ४३ र विराट सिंह भण्डारीले ३७ रन बनाए । बलिङ तर्फ वेष्टन क्रिष्टलका रोशन थापाले २ विकेट लिए ।खेलको प्लेयर अफ दी म्याच प्रकाश जैसी चुनिए।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।


२३ माघ २०७९, सोमवार २३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु