कञ्चनपुरमा दुई नाबालिकामाथि यौन दुर्व्यवहारको आरोपमा अनाथालयका प्रमुख पक्राउ
कैलाली । कञ्चनपुरमा दुई जना नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।
अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए ।
१७ माघ २०७९, मंगलवार १८:२६ बजे प्रकाशित































