punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता

Chaupati
safha napa

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ ।

रावल विश्वासको मत जुटाउन काठमाडौंमा दौडधुप गरिरहेका छन् । उनले यसअघि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए ।

माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिएपछि मुख्यमन्त्री रावल सरकार ढल्ने चिन्तामा छन् ।बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा एक अर्काबीच बधाई तथा शुभकामना अदान प्रदानसमेत भएको थियो ।


९ माघ २०७९, सोमवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु