punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन तोलामा ३ सयले बढेर १ लाख पाँच हजार ३ सय पुग्यो

Chaupati
safha napa

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच हजार तीन सय रुपैयाँ कायम गरिएको छ। आइतबार प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य तीन सय रुपैयाँ बढेर तोलाको एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

साताको कारोबारको दोस्रो दिन आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औन्स एक हजार ९२९ डलरमा कारोबार भइरहेको छ ।


९ माघ २०७९, सोमवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु