युवा उत्पादन र रोजगारीसँग जोडिनु पर्छ : एमाले प्रदेश सचिव पाठक

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले मुलुकका युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक तथा शपथ ग्रहण कार्यक्रममा पाठकले अबका युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट लाखौँ युवाहरू भारत लगायत तेस्रो मुलुकमा सस्तो श्रम बेच्न बाध्य रहेको भन्दै उनले मुलुकमै समृद्धिको आधार तय गर्न युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका हुन्
‘सुदूरपश्चिममा ८० प्रतिशत घरधुरीबाट एक युवा विदेशमा जान बाध्य छन् । भारतमा लाखौँ युवाहरू गइरहेका छन्’ उनले भने ‘अब युवाले मुलुकमै उत्पादनसँग जोगिनु पर्छ । उत्पादनसँग जोडिनु पर्छ । ’
पछिल्लो समय युवाहरूमा उदासीनता, आक्रोश र निराशा रहेको भन्दै त्यसलाई युवाहरूले आशामा बदल्नु पर्ने समेत पाठकले सुझाव दिए । अहिले प्रदेश सरकार पनि एमालेको नेतृत्वमा रहेको भन्दै उनले सरकारले पनि युवाहरूको समस्या समाधानको नीति लिने बताए ।

पाठकले युवाहरूको समस्या समाधान गर्न पनि राष्ट्रिय युवा संघ अग्रसर हुनु पर्ने बताए । राष्ट्रिय युवा संघ र अखिल पार्टीको नेतृत्व जन्माउने थलो भएको भन्दै अझै सुदृढ हुनु पर्ने बताए ।


८ माघ २०७९, आइतवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु