punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । अत्तरिया बसपार्क नजिकैबाट गोदावरी नगरपालिका–२ रिङरोडमा बस्दै आएका ३० वर्षीय राजेश पाललाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाल सवार म २ प १५३० नम्बरको स्कुटी शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ५४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । पाल डडेल्धुराको अमरगढी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।


८ माघ २०७९, आइतवार १२:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु